सुनको असर्फी किन्न भीड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी बिक्री गर्न खुला गरेको छ ।

तिहारका बेला  असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भीड लागेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइनेछ ।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले एउटा मात्रै सुनको असर्फी पाउनेछ । टक्सार महाशाखाले १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित चाँदीको सिक्का पनि बिक्री गरिरहेको छ ।

प्रतिक्रिया