केदारनाथ पहिरोमा बेपत्ता एघार नेपाली अझै फेला परेनन, निरन्तरको बर्षाले खोजी प्रभावित

भारतको धार्मिकस्थल केदारनाथको प्रस्थान बिन्दु गौरीकुन्डमा गत बिहीबार राति गएको पहिरोमा परेर बेपत्तामध्येका तीन नेपालीको शव भेटिएको छरु। कालीकोटका प्रकाश कामी, टेकबहादुर विक र देवी विकको शव भेटिएको हो । पहिरोमा परेर बेपत्ता नेपालीमध्ये अझै ११ जना फेला परेका छैनन । मन्दाकिनी नदीमा पानीको बहाव उच्च र वर्षा पनि भइरहेकाले उद्धारमा कठिनाइ भएको छ रु। केन्द्र र प्रदेश सरकार मातहतको दक्ष उद्धार टोली खोजी कार्यमा निरन्तर खटिएको बताइएको छ । जुम्ला पातारासी गाउँपालिका घर भएका अमर बोहराले सडक छेवैमा चलाएको होटल पहिरोले बगाउँदा त्यसमा उनको ७ जनाको परिवार तथा त्यहाँ रहेका अन्य नेपाली परेका थिएरु। पहिरोमा परेर होटल सञ्चालक अमर र उनकी श्रीमती, छोरा पृथ्वी र वकिल, छोरी राधिका र पिंकी हराइरहेका छन रु। त्यस्तै पातारासीकै धर्मराज बुढा, चन्द्र कामी, सुखराम रावत र बमबहादुर बोहरा पनि पहिरोमा परेका छन । पहिरो खसेका बेला होटल रहेको घरमा अरू पनि मानिस रहेको स्थानीयको आशंका छरु।  गौरीकुन्डदेखि केदारनाथसम्म यात्रुलाई घोडा, खच्चड चढाएर लैजाने, डोको पालकी बोक्ने, सरसामान बेच्ने, होटल चलाउने, मजदुरी गर्ने जस्ता कार्यमा नेपाली संलग्न छन । 

प्रतिक्रिया