रा.स्व.पा.का ३३ जना नेता–कार्यकर्ता बालुवाटारबाट पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई रिहाई गर्नुपर्ने भन्दै काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शन गरिरहेको छ । 

मंगलवमर बालुवाटारमा भएको विरोध प्रदर्शनका क्रममा रास्वपाका ३३ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

उनीहरुलाई विभिन्न प्रहरी वृत्तमा राखिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ । प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ । 

प्रदर्शनको क्रममा रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी समेत गरिरहेका छन् ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया