दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक २ करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।  

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५ सय १७ लिटर दुध बेचेर ८ लाख १२ हजार ४ सय ५५ कमाउन सफल भएका छन् । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान पर्छन् । उनले एक वर्षमा नौ हजार ८ सय ९६ लिटर दूध बिक्री गरेर ६ लाख १६ हजार ३ सय २० कमाउन सफल भए ।

 तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्छन् । तोयानाथले एक वर्षमा आठ हजार ५ सय ४० लिटर दूध बेचेर रु पाँच लाख ४८ हजार ४ सय ४३ कमाउनुभएको छभने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर ५ लाख १३ हजार ७ सय हात पारे ।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १ सय ६१ लिटर दूध बेचेर २ करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिए ।

चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा १ करोड २३ लाख १० हजार बचत तथा एक करोड १ लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउछन् ।

प्रतिक्रिया