अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Nepalma_Tourist_rmaM45paJZ_lcdm7w7b74qprs9a5xntj8k4hbecp6zwjdjqe9yonedoq9rcyyddipu4tstd_2LQnu1cGef_oeyb18gdumivo9lsw7thtqekvvapl1vkj6fxc6beqdbh3h2stzjj05pg6iq7_AbwfYEo50C_92xoqwkzoq5zocs0ytile8kpf4wrsqq8c0g3hdlhiuotbv3uyv6m64renjia.jpg)
काठमाडौं । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ ।
टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमति नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो ।
टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिए । उनले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताए ।
टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ । उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ ।
हाल देशभर चार हजार नौ सय ९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शककोे रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण पथप्रदर्शकलाई अनुरोध समेत गरेको छ ।
![बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Bagmati-pradesh_69hxvYjauy_ltaipzmy9uefoot7ecdeqzfbhzgs9mhsdwv8hgbhgf3jpnoceo5tpks8djlb_GAddkera6v_zcezano9kluoipikzez4ed4yjutqzam5hatrtedax1wehctztunf1bhzkso0.gif)
बागमती प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता
![कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित](https://snowberry.prixacdn.net/media/gallery_folder/karnali_8mf1xn09qU_ewo4kswiinmlu8jwte5yrzdf5j6rdifwxh5awn8zredlffoeqlebab8ayma0_CJvgpjbkxf_ojsm4nbut4kukubeclok7k20qyzulkfcxmdja4xftaihgta7pj5hswjamrxe.jpg)
कर्णाली प्रदेश सरकारद्वारा ७९ योजनामा स्रोत सुनिश्चित
कोशी प्रदेशसभामा विधेयक माथि सैद्धान्तिक छलफल शुरु
![एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण](https://snowberry.prixacdn.net/media/gallery_folder/NRNA-logo-latest_3JK4IRy8zR_zzuv3oofe80d1f5nfxr9ackjfpc6vltsoe0owe7ra2ytmijr89vhrjvzz0k3_btKBVkOshF_2oyb2d8mgcjjyqrezkynjmwae1l4ftu1j8uojo7kkbhmswm6at90vu96gaq2_JO6Bm2j6zu_zxexkbwsd7nzx9qvordtk21xy4t4l1ijaylxib8isqqmqpkc9ehosoj1meik.jpg)
एनआरएन अध्यक्षद्वारा सभापति देउवाको ध्यानाकर्षण
![सुदूरपश्चिम प्रदेशसभा : ७ वर्षमा बने ६७ कानुन](https://snowberry.prixacdn.net/media/gallery_folder/sudur%2520pradesh%2520sava_HNLaQhsVvp_weicdbtd5cfe1ie6hifcjsheb4z899nux3dsedif4mhsbykj5auhjuqo9cqw_yrPE0z5L7p_w9iena7lzehndwbrogk3awflejdjxyo2reuouv9sevrd3kpigctamekznz4c.jpg)
सुदूरपश्चिम प्रदेशसभा : ७ वर्षमा बने ६७ कानुन
बिभिन्न निर्णय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको कार्य समितिको बैठक …
महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान
![पाण्डेले अर्जेन्टिनाको हिमाल आरोहण गर्दै, प्रधानमन्त्रीद्वारा झण्डा हस्तान्तरण गरेर बिदाइ](https://snowberry.prixacdn.net/media/gallery_folder/prakash%2520pandey_bkuF0mRRi5_bzwdr1iweb1rpkawammckkd9qi90wlbyg9rmyhnn9wi57c7k9gif6nu3v8ld_yu3rAkRSEN_7ssjly4pbk8w949zpavexvxalpakygc5dzrnn34opfqtpzkppf8onv6r72b3.jpg)
प्रतिक्रिया