राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा बालुवाटारमा प्रदर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि काठमाडौंको बालुवाटारमा बिरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा रास्वपाका नेता तथा कार्यकर्ता सहभागी रहेका छन् । प्रहरीले बाल्वाटारमा निषेधित क्षेत्र तोकेको स्थामनमा रास्वपाका नेता तथा कार्यकर्ता भेला भएपछि केहीलाई भने नियन्त्रणमा लिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रिहाइको माग गर्दे आइरहेको रास्वपाले आज बालुवाटारमा बिरोध प्रदर्शन गरेको हो । रास्वपाले रबिको रिहाइको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने पोखरामा प्रहरीको हिरासतमा रहेका छन् । सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीयको अपेक्षाकृत समर्थन नपाएपछि उसले काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएको छ ।रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।
प्रतिक्रिया