आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठकका प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा समेत छलफल हुनसक्ने बताइएको छ ।

यसैगरी बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल सम्बन्धि विषयमा  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएको बारे पनि छलफल हुनसक्ने एक मन्त्रीले बताए ।

 तर छलफलको एजेण्डा तय नभएको पनि उनले बताए । प्रधानमन्त्री ओली र उर्जामन्त्री दीपक खड्काले लाइन नकाट्न भने पनि घिसिङले काटिदिएका थिए ।  घिसिङको उक्त निर्णयले सरकार चिढिएको छ । घिसिङ बिपक्षी दल नेकपा माओवादीको इसारामा चल्न खाजेको सरकारको बुझाइ छ ।

घिसिङ माओवादीकै जोडबलमा प्राधिकरणका कार्यकारी निर्देश कबनेका थिए ।  प्रत्येक हप्ता  सोमबार र बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक सोमबार प्रधानमन्त्रीको व्यस्तताले बस्न सकेको थिएन । त्यसकारण आजका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो । 

प्रतिक्रिया