इजरायलद्वारा संयुक्त राष्ट्र संघीय निकायमाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान

एजेन्सी । इजरायली संसदले प्यालेस्टाइनी शरणार्थीका लागि अत्यावश्यक सेवा प्रदान गर्ने करिब आठ दशक पुरानो संयुक्त राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ ।

यो कदमले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए) लाई इजरायलले कब्जा गरेको क्षेत्रमा काम गर्नबाट कडा प्रतिबन्ध लगाउने छ। 

इजरायलको संसदले संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सी लाई इजरायल र इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलममा   काम गर्न प्रतिबन्ध लगाउने कानुन पारित गर्न मतदान गरेको हो ।

यसैगरी युएनआरडब्लुएका  कर्मचारी र इजरायली अधिकारीहरूबीचको सम्पर्कमा पनि प्रतिबन्ध लगाइनेछ, जसले गाजा र इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा काम गर्ने एजेन्सीहरुलाई  सीमित गर्नेछ।

गाजामा प्रवेश गर्ने सबै सीमालाई नियन्त्रण गर्ने इजरायली सेनासँगको सहकार्य युएनआरडब्लुएका  लागि युद्धग्रस्त क्षेत्रमा सहायता स्थानान्तरण गर्न आवश्यक छ । यो संयुक्त राष्ट्रसंघको मुख्य संगठन हो, जसले त्यहाँ काम गरिरहेको छ ।

तर इजरायली संसदले युएनआरडब्लुएलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि युएनआरडब्लुएका कर्मचारीलाई अब इजरायलभित्र काम गर्न दिइने छैन र पूर्वी जेरुसेलममा रहेको यो  एजेन्सीको मुख्यालय बन्द हुनेछ ।
 

प्रतिक्रिया