आइसीसी विश्वकप लिग–२ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड भीड्दै

 काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ। 

अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समयअनुसार खेल राति सवा  ९ बजेदेखि शुरु हुने छ। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को  फेब्रुअरीमा भएको थियो।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो। 

नेपाली टिममा कप्तान  रोहित पौडेल सहित १५ सदस्यीय टोली रहेको छ ।जसमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् । नेपाली टिममा देव खनाल र सागर ढकाललाई भने रिजर्भमा राखिएको छ।

प्रतिक्रिया