शेयरमा बजारमा ३८ अंकको गिरावट, २ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार
शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ३७ अंकले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा पुगेको हो । आज ८० लाख सात हजार कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ । बजार घटेको दिन आजै सूचिकृत भएका आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । कुल १८ कम्पनीको मूल्य बढ्दा एक सय ९७ को घटेको छ । जम्माा २ वटाको मात्रै मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया