दिल्ली जाँदै गरेको विमानमा भेटिएन बम, नियमित उडान गर्ने तयारीमा

काठमाडौं । काठमाडौंबाट दिल्ली जाँदै गरेको एयर इण्डियाको विमानमा नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि बम नभएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार विमानमा कुनै पनि किसिमको शंकास्पद वस्तु नभेटिएको र अब जहाजले नियमित उडान गर्दैछ ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच गरेको थियो ।

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।

प्रतिक्रिया