पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । कराँचीबाट एबोट्टावाद जाँदै गरेको हजारा एक्सप्रेस रेल दुर्घटनामा भएको हो । दुर्घटनामा परी अन्य ५० जना घाइते भएको बीबीसीले जनाएको छ । ४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको रेलका ८ वटा डिब्बा लिगबाट बाहिर गएर दुर्घटना भएको पाकिस्तानका रेल मन्त्री साद रफिकले जनाएका छन् । रेलका डिब्बामा फसेका यात्रीलाई निकाल्ने क्रम अहिले पनि चलिरहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते यात्रुहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया