सेनालाई हतियार किन्न सुरक्षा परिषद्को प्रस्ताव

काठमाडौ। राष्ट्रिय सुरक्षा परिषद्को  बैठक सम्पन्न भएको छ। आइतबार बसेको बैठकले नेपाली सेनालाई चाहिने हात हतियार, खरखजना र सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको छ। प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृति दिए सेनालाई हतियार खरिद गर्न बाटो खुल्छ। 
 
त्यस्तै बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती र अपनाउनुपर्ने सावधानी र मध्यपूर्वमा रहेका नेपालीहरूको सुरक्षा र अपनाउनुपर्ने भावी रणनीतिका बारेमा छलफल भएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छभने रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहन्छन्। त्यस्तै रक्षा सचिव परिषद्को सदस्यसचिव रहने गर्दछन्।

प्रतिक्रिया