काठमाडौंबाट दिल्ली उड्ने जहाजमा बम राखेको सूचना, सुरक्षाकर्मीले चेकजाँच गर्दै

काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको उक्त जहाज अपराह्न ३:५० बजे उड्ने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना आएपछि चेकजाँच थालिएको नेपाल प्रहरी बतायो ।

‘उडानको तयारी भइरहेका बेला ३ः१५ बजे विमानमा बम रहेको भन्दै सूचना आएपछि जाँच थालेका छौं’, प्रहरी भन्यो, ‘अहिले सेना र प्रहरीका तालिम प्राप्त कुकुरमार्फत डग स्निफिङ पनि गराइराखिएको छ ।’ 

६ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, जाँच गर्दा त्यस्तो कुनै शंकास्पद वस्तु भेटिएन ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ । यसले भारतको विमान सेवामै तनाव सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया