सरकारले परराष्ट्र सम्वन्धलाई सन्तुलित बनाएको मन्त्री साउदको दावी

परराष्ट्र मन्त्री एनपी साउदले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको दाबी गरेका छन । आज काठमाडौंमा अनलाईन कन्सुलर प्रमाणीकरणको शुभारम्भ गर्दै उनले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडी बढाइएको जानकारी दिएका हुन । मन्त्री साउदले विगतमा परराष्ट्र सम्बन्धमा असन्तुलन आएको भन्दै वर्तमान सरकारले सम्बन्धलाई सन्तुलित बनाइरहेको पनि बताए । 
मन्त्री साउदले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतीको नीति हुनुपर्नेमा जोड दिए । सरकारले बायोमेट्रिक लगायतका कामहरु सरकारको एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको उनको भनाइ थियो । राहदानीमा भने सहजीकरणका लागि आफुले निर्देशन दिइसकेको मन्त्री साउदको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण सेप्टेम्बरको तेस्रो चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको जानकारी समेत दिए । सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ । यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो । विभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेका थिए ।। 
 

प्रतिक्रिया