बेल्जियमका प्रस्तावित राजदूत र सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको सुनुवाई १४ गते

काठमाडौ। बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कात्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ। आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आगामी बुधबार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रस्ताव पारित गरेको हो। उजुरीमाथि छानविन र सुनुवाइको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रस्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको हो। 

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव हुन। समितिको अर्को बैठक आगामी कात्तिक १४ गते बोलाइएको छ। 

प्रतिक्रिया