गिरीबन्धु, क्यान्टोनमेन्ट, शरणार्थी, यति र ओम्नी काण्ड कहाँ पुग्यो ?

काठमाडौं । सोमबार (आज) सिंहदरबारमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो ।

उक्त बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकार र गृहमन्त्रीमाथि प्रश्न गरेका छन् । 

उनले विभिन्न कालखण्डमा भएका भ्रष्टाचार, अनियमितता र ठगी लगायत अन्य प्रकरणहरूको अनुसन्धान कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकमथि प्रश्न गरेका हुन् ।

“भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट काण्ड के भयो ? नक्कली भुटानी शरणार्थी प्रकरण कता हरायो ? यति र ओम्नी कहाँ पुग्यो ? लगायत अन्य ठुलाठुला भ्रष्टाचारका काण्डमाथि अनुसन्धान के भइरहेको छ ?,” उनको प्रश्न थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित हुने भनिए पनि गृहमन्त्री लेखक मात्रै उपस्थित भएका थिए । प्रधानमन्त्री उपस्थित नभएको विषयमा पनि सांसदहरुले गुनासो गरेका थिए ।

कांग्रेस सांसद सरिता प्रसाईंले पनि सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको बताएकी छन् । यसमा सरकारले अपेक्षाकृत काम नगरेको प्रसाईंको भनाइ थियो ।

प्रतिक्रिया