महाकालीमा पानीको सतहले सतर्कता तह पार गर्यो
महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ । डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, भोलि र पर्सि पनि विभिन्न ठाउँका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेकाले सचेत रहन महाशाखाको आग्रह छ । मौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । केही ठाउँमा ठूलो वर्षाको सम्भावना औल्याइएको छ ।
प्रतिक्रिया