रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्नुपर्छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले रवि लामिछानेलाई न्याय दिन र थुना बाहिर राखेर अनुसन्धान गर्नुपर्ने बताएकी छन् ।

सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले पार्टी सभापति रवि लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत छानबिन हुनुपर्ने बताएकी हुन् ।

रास्वपाले न्यायालयलाई प्रभावित गर्न नखोजेको उनको भनाइ छ । 

‘१२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो’, कार्कीले भनिन्, ‘रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन ।’

सांसद कार्कीले प्रमाणको आधारमा गृहले काम गर्नुपर्ने समेत बताइन् ।

प्रतिक्रिया