नेपालको राजनीति र मौसम उस्ता उस्तै हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गरेका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताएका हुन् ।

‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ । म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु,’ उनले भने, ‘अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन ।’

उनले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बताए ।

प्रतिक्रिया