बझाङमा जीप दुर्घटना हुँदा ४ जना घाइते

बझाङ । बझाङमा ७ जना यात्रु बोकेको जीप तीव्र गतीका कारण दुर्घटनामा परेको छ । उक्त दुर्घटनाबाट ४ जना घाइते भएका छन् । 

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जीप भोपूरमा दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते हुनेहरुमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया