प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्रीले सहभागीता जनाउने

फाइल तस्बिर ।

काठमाडौं।आज बस्ने भनिएको प्रतिनिधिसभा अन्र्तगत  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्। मध्यान्ह १२:१५ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा ओली जाने भनिएपनि अन्तिम समयमा रद्द भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री सहभागी नहुने भएपछि गृहमन्त्री रमेश लेखक आउने जानकारी समितिलाई गराइएको छ। 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ।समितिको बैठक सुरुमा आइतबारका लागि बोलाउने तय भएको थियो। तर, प्रधानमन्त्री ज्यूले आइतबार बैठकमा सहभागी हुन नसक्ने बताएपछि उनकै सहजताको लागि सोमबार सारिएको थियो। तर अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली  बैठकमा सहभागी नहुने जानकारी गराइएको छ। 
 

प्रतिक्रिया