रास्वपा लक्षित उपप्रधानमन्त्री सिंहको कटाक्ष: वैकल्पिक हुँ भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?

ककाठमाडौ। उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार गरेको कार्यक्रममा बोल्दै मन्त्री सिंहले सरकारले कसैप्रति पनि द्वेषभाव नराखेको बताए।

 ‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि ।‘सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन, सरकार त विधिको शासन कायम गर्दछ,’ मन्त्री सिंहले भने, ‘विधिको शासन लागू गर्दा हामीलाई लागू हुनु हुँदैन, हामी नयाँ पार्टी हौं भन्न मिल्छ ?’

उनले आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरूले कानुनको पालना गर्न नहुने भन्दै प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमानदारिता नदेखिएको बताए । 

‘वैकल्पिक शक्ति हौं भन्नेहरूले कानुनको पालना गर्नु पर्दैन ?,’ उनले भने, ‘हामीले वैकल्पिक हुन् भन्नेहरूको हविगत नदेखेको पनि होइन, अघिल्लो चुनावमा वैकल्पिक हौं भन्नेहरू आज कहाँ छन्रु अहिले आएकाहरूको हालत पनि त्यही हुने हो। इमान्दारिता हुनुपर्दैन ?’  यिनीहरूलाई केहि गर्नै नहुने ?’
 

प्रतिक्रिया