वेस्टह्याम युनाइटेडद्वारा म्यानचेस्टर युनाइटेड पराजित

कठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित भएको छ । 

गए राति भएको खेलमा वेस्टह्यामले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दुबै टोलीको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७४ औं मिनेटमा घरेलु टोली वेस्टह्यामका क्रिसेन्सियो सुमरभिलले डेनियल इंग्सको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

८१ औं मिनेटमा जोसुवाको पासमा कासेमिरोले गोल गरेपछि मेनचेस्टर युनाइटेड खेलमा फर्किएको थियो । तर खेलको अन्तिम समयमा विवादास्पद पेनाल्टीको कारण युनाइटेडको हार भएको थियो । पहिलो हाफमै धेरै अवसर गुमाएको युनाइटेडले वेस्ट ह्यामका जारोड बोवेनको पेनाल्टी गोलले हार बेहोर्नुपरेको थियो । दोस्रो हाफको इन्ज्योरी टाइममा वेस्टह्यामले पेनाल्टी पाएको थियो ।  पेनाल्टीमा जारोडले गोल गर्दै वेस्टह्यामलाई २–१ को जीत दिलाए । जीतपछि वेस्टह्याम र म्यानचेस्टर दुवैको समान ११ अंक भएको छ ।
 

प्रतिक्रिया