जापानमा सत्तारुढ गठबन्धनले तल्लो सदनमा बहुमत गुमायो

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाको सत्तारुढ गठबन्धन (एलडीपी) ले ४६५ सदस्यीय तल्लो सदनमा आइतबार भएको महत्वपूर्ण संसदीय निर्वाचनमा बहुमत गुमाएको जापानको सरकारी टेलिभिजनले जनाएको छ ।

जपानमा हिजो  आइतबार तल्लो सदनका लागि आम  निर्वाचन भएको थियो । योसँगै एलडीपीले तल्लो सदनको बहुमत गुमाएको छ । निर्वाचनमा धेरैजसो सिट विपक्षी दल कन्स्टिच्युसन डेमोक्र्याटिक पार्टी (सीडीपी) ले  जितेको छ । एलडीपीले २०९ सिट मात्र जितेको छ । तल्लो सदनमा बहुमतका लागि २३३ सिट आवश्यक छ ।  

यो नतिजा सत्तारुढ दलको व्यापक आर्थिक घोटालाप्रतिको मतदाताको आक्रोश भएको विश्लेषण गरिएको छ । आम निर्वाचनको परिणामले विश्वको चौथो ठूलो अर्थतन्त्रको देश जापानलाई कसरी सञ्चालन गर्ने भन्ने अनिश्चितता सिर्जना गरेको छ ।

बहुमत प्राप्त गर्न नसकेपछि इशिबालाई संसद्मार्फत आफ्नो पार्टीको नीति तथा कार्यक्रम पास गर्न गाह्रो हुनेछ यद्यपि एलडीपीको गठबन्धनको कम शक्तिशाली माथिल्लो सदनमा भने बहुमत कायमै छ । जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ ।

प्रतिक्रिया