विश्वकप क्रिकेट लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौं । विश्वकप क्रिकेट (आईसीसी) लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । 

आइतबार अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो।

अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो। 

कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले  ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका थिए।

 आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन र अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रनको योगदान गरे। अमेरिकाका नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए।हरमीत सिंह, शाड्ली भान शाक्ली, र जसदीप सिंहले १/१ विकेट हात पारे।

प्रतिक्रिया