सरकारले सुशासनमा जोड दिएर काम गरिरहेको छ: मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामति ऐन आगामी मन्त्रीपरिषद्को बैठकमा पेस हुने बताएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय निजामति ऐनको ड्राफ्ट सकिसकेको र आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिएका हुन । मन्त्री मोदीले ढुङ्गा–गिट्टी तथा फोहरमैला व्यवस्थापनसम्बन्धी बेग्ला–बेग्लै विधेयक पनि आगामी मन्त्रीपरिषद्को बैठकमा पेस गर्ने तयारी रहेको बताए । 
मन्त्री मोदीले सरकार अहिले सुशासनमा बढी जोड दिएर काम गरिरहेको बताए । शक्तिकेन्द्रको पछि लागेर रोजेको ठाउँमा मात्रै बस्ने कर्मचारीहरुबाट सुशासन हुन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया