कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा उपचारमा समस्या
कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरुको चाप छ । पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा ३ सय ३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा तीन जनासम्म खप्टेर बस्नुपर्ने स्थिति देखिएको हो । अस्पतालमा नर्सिङ जनशक्तिको पनि अभाव रहेको छ । अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पु¥याउनुपर्ने अवस्था रहेको छ । अस्पतालमा कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताइएको छ । आकस्मिक बाहेक शल्यक्रियाका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिनुभयो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ । गत आर्थिक वर्षमा २ लाख बालबालिकाले उपचार सेवा लिएका छन । अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि पुग्ने गरेका छन । कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया