इजरायलको आक्रमणपछि इरानको दुविधा : कमजोर देखिने वा भीड्ने ?

एजेन्सी । शुक्रबार र शनिबार मध्यरातमा इरानमाथि इजरायलले गरेको आक्रमणपछि मध्यपूर्वमा युद्धको संकट गहिरिएको छ ।

यही अक्टोबर १ मा इरानले इजरायलमाथि गरेको आक्रमणको गत शुक्रबार र शनिबार इजरायलले जवाफ फर्काउँदै इरानको तेल भण्डार र सैन्य शिबिर लक्षित  आक्रमण गरेको छ ।गत शुक्रबार म्धयरातमा  इरानको आकाशमा एक सय वटा इजरायली लडाकु विमान प्रवेश गरे र त्यसपछि द्रुत गतिमा बमबारी गरे। इजरायलको यस हमलामा इरानी ४ जना  सैनिकहरुको  ज्यान गएको छ भने धेरै जना घाइते भएका छन् । 

यस आक्रमणपछि. मध्यपूर्वमा तनाव चर्किएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र उनका प्रमुख सल्लाहकारहरू अब इजरायलमाथि के गर्ने भन्ने द्धिविधामा परेका छन् । किनकि इजरायलमाथि आक्रमण नगर्दा इरान कमजोर भएको ठहरिने र आक्रमण गर्दा स्थिति झन खतरा हुने छ । यस कारण उ द्विविधामा छ ।

उनीहरुले बिकल्प रोज्दा  खराव बिकल्प रोज्नुपर्ने अवस्था आएको छ । इरानले  ब्यालिस्टिक मिसाइलको साथ अर्को प्रतिशोधात्मक हमलाको विकल्प रोज्न सक्छ ।  तर इजरायलले पहिले नै चेतावनी दिएको छ  यदि यो भयो भने उसले फेरि इरानसँग बदला लिनेछ। इजरायलले आत्म रक्षाको लागि लडिरहने बताउँदै आएको छ । इजरायलको भनाइलाई अमेरिकाले पनि समर्थन गरेको छ । 

यदि इरानले आफ्नो रिस नियन्त्रणमा राख्यो भने उ इजरायली सैन्य शक्ति र राजनीतिक दृढताबाट कमजोर र डराएको देखिन्छ।

खाली धम्की?

इजरायलको आक्रमण अघि र पछिको घटनामा इरानको आधिकारिक संचारमाध्यमहरुले इजरायललाई जवाफ दिने निर्णय इरानले पहिले नै लिइसकेको बताएका छन् । इरानले यस्ता धम्की बारम्बर दिने गरेको छ । तर  इरानले आफ्नो धम्की फिर्ता लिने निर्णय पनि गर्न सक्छ।

बेलायती प्रधानमन्त्री कियर स्टारमरले पनि यस्तै आशा राखेका छन्। इजरायलले आत्मरक्षाका लागि यो कारबाही गरेको अमेरिकाको तर्कसँग उनी सहमत छन्। स्टाररले भने, “म स्पष्ट छु कि इजरायलसँग इरानी आक्रमण विरुद्ध आफ्नो रक्षा गर्ने अधिकार छ। इरानले प्रतिक्रिया दिनु हुँदैन। हामीले थप क्षेत्रीय तनावबाट जोगिनै पर्छ र सबै पक्षहरूलाई संयमता अपनाउन आग्रह गर्नुपर्छ।अक्टोबर १ मा इजरायलमा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इरानको भनाइ निरन्तर छ।

एक साताअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले टर्कीको एक संचार माध्यमलाई भनेका थिए, “इरानमा हुने कुनै पनि आक्रमणलाई हाम्रो लागि रातो रेखा पार गरेको मानिनेछ। त्यस्ता आक्रमणको जवाफ दिइनेछ।“

इजरायली आक्रमणको केही घण्टा अघि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकीले भनेका थिए, “इरान विरुद्धको कुनै पनि इजरायली आक्रमणलाई पूर्ण शक्तिका साथ जवाफ दिइनेछ। इरानले इजरायलको सीमित आक्रमणको जवाफ दिने छैन भन्ने सुझाव दिनु अत्यन्त भ्रामक र आधारहीन छ।“इरानले पनि आफूहरुसँग आत्मरक्षाको अधिकार रहेको बताउने गरेको छ ।  

आइतबार इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले सामाजिक सञ्जालमा लेखेका छन् कि इजरायलले गलत कदम चालेको छ, हामीले उनीहरूलाई इरानका जनताको शक्ति, दृढ संकल्प र पहलबारे बताउनुपर्छ। यसको मतलव इरान इजरायललाई धम्क्याइ रहेको छ । 

कमजोर बन्दै इरान ?

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो ।

त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । त्यसकारण इजरायलले हिजबुल्लाहलाई पनि लक्षित गरेर लेवनानमा आक्रमण गरिरहेको छ ।  उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको छ ।

त्यसकारण इरानले आफैं र अन्य मुस्लिम लडाकू समूहको प्रयोग गरेर इजरायलमा रकेट र ड्रोन हमला गर्ने गरेको छ । यही अक्टोबर १ मा इरानले इजरायलमाथि गरेको हमला पनि इजरायलले हिजबुल्लाहमाथि गरेको कारबाहीको बदला थियो ।

त्यसै गरी इरानले सिरियामा रहेका मुस्लिम लडाकू,यमनमा रहेका हुथी बिद्रोहीलाई पनि इजरायलको बिरुद्ध प्रयोग गर्ने गरेको छ । तर इजरायलले हमास,हिजबुल्लाह लगायतको सैन्य शक्तिलाई तहस नहस पारेको छ । यसकारण इजरायल कमजोर बन्दै गएको छ ।  हमास र हिजबुल्लाहका प्रमुख ब्यक्तिहरु इजरायली हमलामा मारिएका छन् । हमास र इजरायलको युद्ध शुरु भएयता ४३ हजार प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ ।

इजरायलले भने यसको जिम्मेवार स्वयं हमास नै भएको बताउँदै आएको छ । हमासले अपहरण गरेका आफ्ना नागरिकहरु रिहाइ गर्नुपर्ने अडान पनि इजरायलको  छ । यद्यपि अपहरणमा परेका कतिपयलाई हमासले हत्या गरिसकेको र केहीको मृत्यु भएको बताइएको छ । जीवित रहेकालाई तत्काल रिहाइ गर्नु पर्ने माग इजरायलको रहेको छ । 
 

प्रतिक्रिया