नेपाल–भारतको खेल हेर्न  खचाखच दर्शकले  भरियो रंगशाला

काठमाडौ। साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल–भारतको खेल हेर्न खचाखच दर्शकले रंगशाला भरिएको छ। आज साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल हेर्न दर्शकको ओइरो लागेको हो। 

१४ हजार दर्शक क्षमताको रंगशाला लगभग भरिइसकेको अवस्था छ। नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। फाइनलमा   नेपाल  बंगलादेशसँग पराजित भएको थियो।

 
 
 
 

प्रतिक्रिया