अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत : प्रधानमन्त्री ओली

ओलीको साख घटेको भन्नेहरुलाइ ८४ को निर्वाचन हेर्न चुनौती

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायिक प्रक्रियामा रहेका विषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौँमा गरेको ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रीउफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन्।

सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उनले बताए। उनले आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरूपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले माटामुनि लुकाइएका, खिया लागेका हतियारले अब काम नगर्ने बताए। नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन उनले नेकपा (माओवादी केन्द्र)लाई सुझाव दिए।

आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेलाई जवाफ दिँदै उनले भाडामा खटाइएकाहरूले विरोध गरेको टिप्पणी गरे। ओलीको साख घटेको भन्नेहरुले २०८४ को निर्वाचनमा हेर्न उनले चुनौती दिए। 

उनले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, मार्छौ, काट्छौँ भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए।

उनले सत्ता सौदाबाजीका निम्ति राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने ओलीले स्पष्ट पारे।

 

प्रतिक्रिया