इजरायलमा ट्रक र बस ठोक्किदा ३५ जना घाइते,आतंकवादी हमला भएको आशंका

एजेन्सी । इजरायलको तेल अभिव नजिक एउटा ट्रकले बसलाई हिर्काउँदा ३५ जना घाइते     भएका छन् ।

 ग्लिलोट बेस नजिकैको बस स्टपमा ट्रकले जानजान ठक्कर दिएको टाइम्स अफ इजरायलले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था चिन्ताजनक, ६ जना गम्भीर अवस्थामा रहेका, पाँच जनाको शरीररका बिभिन्न भागमा चोटपटक लागेको  र २० जनालाई सामान्य चोट लागेको जनाइएको छ ।

हिब्रु भाषाका सञ्चार माध्यमका रिपोर्टहरूका अनुसार घाइतेमध्ये धेरैजना ज्येष्ठ नागरिकहरू थिए जो नजिकैको संग्रहालयको भ्रमण गर्नुअघि बसबाट ओर्लिएका थिए। ट्रकमा रहेका संदिग्ध आतंककारी हमलाका एक जनाको अवस्था गम्भीर रहेको बताएको छ। इजरायली प्रहरीले  घटनाको अवस्थाबारे अझै अनुसन्धान भइरहेको बताएको छ । तर स्थानीय सञ्चारमाध्यमले घटनालाई शंकास्पद आक्रमणको रूपमा लिएका छन् । 
 

प्रतिक्रिया