भारतको श्रावस्तीमा कार दुर्घटना परि नेपालीको मृत्यु

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका छ जनाको मृत्यु भएको छ । नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हो । कार चालकको उपचार भइरहेको छ । छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन । उनी भने. बलरामपुरमा झरेको आफन्तहरुले बताएका छन । शनिबार नेपाली समयअनुसार साँझ साढे छ बजे तिर कार दुर्घटनामा परेको हो ।

प्रतिक्रिया