नेप्से ९ अंकले घटेर २६१७ विन्दुमा, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो। आइतबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आइतबार ९२ कम्पनीको सेयर मूल्य बढेको छ ।१४० कम्पनीको सेयर मूल्य घटेको छ। १ कम्पनीको सेयर मूल्य स्थिर रहेको  छ।

लाइफ इन्स्योरेन्स कर्पोरेट लिमिटेड, रिभर फल्स पावर लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेपाल एसबीआई बैंक लिमिटेडको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ।

आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताको बिहीबार पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ। बाँकी समूहको परिसूचक घटेको छ।

प्रतिक्रिया