बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं। भुटानलाई हराउँदै बंगलादेशले लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा  भुटानविरुद्ध ७–१ को सहज जित निकाल्दै बंगलादेश फाइनलमा पुगेको  हो ।
बंगलादेशको जितमा तोहुराले ह्याट्रिक गर्दा कप्तान सविना खातुनले दुई गोल थपिन्। रितु पोर्ना चक्मा र सिउलियाजमले एकरएक गोल गरे।
भुटानकी देकी ल्हाजोमले एक गोल फर्काइन् । जारी संस्करणमा ल्हाजोमको यो आठौँ गोल हो। उनी हालसम्म प्रतियोगिताको उच्च गोलकर्ता हुन् ।

बंगलादेशले अब उपाधिका निम्ति भारत र नेपालबीचको विजेतासँग खेल्नेछ।  भारत र नेपालबीचको दोस्रो सेमिफाइनल पनि आज साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ।

 

प्रतिक्रिया