बाढीपहिरोले मुहानमा क्षति गरेपछि काभ्रेमा दमकलवाट पानी वितरण

काभ्रे । असोज दोस्रो सातामो आएको अबिरल बर्षपछिको बाढि र पहिरोले मुहान सहित पानीको पाईप बगाइ दिएपछि काभे्रका धेरै ठाउँमा खानेपानीको हाहाकार भएको छ  । काभे्रको सदरमुकाम धुलिखेल, बनेपा, पनौती लगायतका क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । खानेपानी आयोजनाका मुहान तथा पाइप लाइन क्षतिग्रस्त हुँदा खानेपानी नियमित वितरणमा समेत समस्या हुन थालेको छ । बनेपा पनौती धुलिखेलको खानेपानीको मुख्य श्रोत मानिएको पनौती १२ कलाती भुमिडाँडामा बाढि र पहिरोले बिनास गरेसँगै काभ्रेको सदरमुकाम धुलिखेल तथा पनौती र बनेपा नगरपालिकामा खानेपानी संकट देखिएको हो । धुलिखेल छ बडामा दैनिक २४ लाख लिटर पानि आवश्यक पर्नेमा हाल तत्काल समस्या समाधान गर्न बनाइएको डिपबोरिङबाट १ लाख लिटर तथा जंगलहरुबाट विभिन्न श्रोतबाट १ लाख गरेर २ लाख लिटर मात्र पानी बितरण भैरहेको छ । खानेपानीको अभावमा दैनिक ट्याङकर र दमकलबाट समेत पानि ल्याएर वितरण थालिएको छ । त्यस्तै बनेपा नगरमा सञ्चालित रहेको उपत्यका एकिकृत खानेपानीको मुहान पुरेको तथा खानेपानीका पाईपहरु बगाएको र बनेपाको शशिपानीमा रहेको मुहानमा बाढीका कारण क्षति पुगेकोले बनेपामा समेत समस्या भएको छ । बनेपाको शशिपानी मुहानको पानी मर्मत गरिकन ल्याइसकिएको भएपनि एकिकृत खानेपानीको पानी ल्याउन नसक्दा समस्या भएको हो ।  क्षतिग्रस्त मुहान तथा पाइप लाइनको अनुगमन निरीक्षण भइरहेको र क्षतिको विस्तृत विवरणपछि पुनःनिर्माणबारे प्रक्रिया थालिने खानेपानी संस्थानले जानकारी दिएको छ ।

प्रतिक्रिया