उत्तराखण्ड पहिरोमा बेपत्ता जुम्लाका ११  जना जनाको परिचय खुल्यो

भारतीय सुरक्षाकर्मीद्वारा खोजी जारी

भारत उत्तर प्रदेशको रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजी जारी छ । भारतीय सुरक्षाकर्मीको टोलीले आज विहानैदेखि खोजी जारी राखेको जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले जानकारी दिएका छन । पहिरो खसेको क्षेत्रमा बर्षात भैरहेकाले उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ । गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपाली पनि बेपत्ता छन । परराष्ट्र मन्त्रालयले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षलाई आग्रह गरेको छ । बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ४ जना बेपत्ता भएका हुन् । यसैविच भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्लाका ११ जनाको परिचय खुलेको छ । एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो ।  बेपत्ता हुनेमा पातारासी–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बोहोरा, उहाँकी श्रीमती अनिता बोहोरा, ११ वर्षीया छोरी सलिता बोहोरा, ९ वर्षीया छोरी पिंकी बोहोरा, ७ वर्षीया छोरी प्रिति बोहोरा,  ४ वर्षीय छोरा जटिल बोहोरा, दुई वर्षीय छोरा ओकिल बोहोरा, पातारासी–३ का ३८ वर्षीय बम बोहोरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् । अमरका तीनै दाजुभाइ गौरीकुण्ड आसपास अलग–अलग होटल खोलेर बसेका थिएरु। होटल पहिरोले बगाउँदा उनको परिवारै बेपत्ता भएको हो । 

प्रतिक्रिया