जापानमा मतदान जारी

एजेन्सी । जापानमा आज आम निर्वाचनका लागि मतदान भइरहेको छ। 

जापानी मतदाताहरूले समय अगावै भएको निर्वाचनमा आज आइतवार मतदान गरिरहेका हुन् ।   संसदको ४ सय ६५ सदस्यीय सिटकाम लागि चुनाव भइरहेको हो ।  निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टी एलडीपी गठबन्धनले बहुमत ल्याउने दाबी गरिएको छ । एलडीपीका नेताका रूपमा चयन भएको तीन दिनपछि नै शिगेरु इशिबाले चुनावको घोषणा गरेका थिए। त्यस बेला उनले औपचारिक रूपमा प्रधानमन्त्रीको शपथ लिन बाँकी थियो।

सन् २०२१ पछि जापानमा पहिलो आम निर्वाचन भएको हो। समानुपातिक र प्रत्यक्ष उमेद्वारका लागि मतदाताले भोट खसालिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । निर्वाचनको अन्तिम परिणाम सोमबार बिहानसम्ममा आइसक्ने त्यहाँको निर्वाचन आयोगले जनाएको छ। राजनीतिमा जनताको विश्वास पुनर्स्थापित गर्ने भन्दै प्रधानमन्त्री इसिबाले गत अक्टोबर ९ मा संसद विघटन गरेका थिए ।

सत्तारुढ दलप्रति जापानी नागरिकहरुको असन्तुष्टि भएपनि एलडीपी अझै पनि विपक्षी दलभन्दा शक्तिशाली देखिएको बताइएको छ । 

प्रतिक्रिया