काभ्रेमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काभ्रेपलाञ्चोक ।  पनौती नगरपालिका–११ बल्थली स्थित ख्याकू बाट शनिबार राति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । 

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जना  बाट ९३ हजार ३ सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय बनेपामा राखी आइतबार म्याद थपको तयारी भइरहेको प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार ख्याकूका रमेश थापाको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा राति प्रहरी टोलीले पक्राउ गरेको हो । 

प्रहरीले यस अघि बुधबार साँझ मात्रै पनौती–९ कुँवर गाउँ बाट पाँच जनालाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई  ९५ हजार नगद बरामद गरेको थियो । उक्त समूहलाई मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस 

प्रतिक्रिया