डेनिला कार्कीले हात पारिन् मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि

काठमाडौं । मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । 

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताको शनिबार बेलुका प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् । विजेता कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुषालले पुरस्कार प्रदान गरेका थिए । 

मिसेस नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितेकी हुन् । यी दुई विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउनेछन् भने विजेता कार्कीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पाएकी छन् ।

रिबन इन्टरटेनमेन्टले आयोजना गरेको सो प्रतियोगितामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भएका थिए ।  


 

प्रतिक्रिया