मोरङमा छठ पर्वका लागि बाँसका सामाग्री बनाउन भ्याइनभ्याइ

मोरङ । छठ पर्व नजिकिदै जाँदा त्यसमा प्रयोग हुने बाँसका सामाग्री बनाउनेलाई अहिले मोरङमा भ्याइनभ्याइ भएको छ । 

रंगेली नगरपालिका ७ स्थित  माझी टोल, तथा मल्कालिक टोलमा बसोबास गर्दे आईरहेका ६० घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त रहेका छन् । 

बिगतमा बासका सामाग्री बाट राम्रो आम्दानी भएपनि अहिले भारत बाट सस्तो मुल्यमा भित्रिदा समस्या भएको उनीहरुको भनाइ छ । 

पुख्र्यौली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको र बाँस समेत महगो हुनेर सामग्री बनाउदा समेत हात, खुट्टामा चोट लाग्ने लगायका समस्या हुने बासका सामाग्री बनाउनेको भनाइ छ । 
 
यहाँ उत्पादन भएका बाँसका रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री हुँदै आएका छन् । छट पर्वका लागि नाङलो १ सय रुपैयाँ प्रतिगोटा र ढक्की ३ सय देखि ३ सय ५० रुपैयाँ र ढक्ना १ रुपैयाँ सम्म बिक्री हुने गर्दछ । 

एउटा बाँस बाट ६ वटा सम्म सामाग्री बन्ने गर्दछन् । एक जनाले १५ वटा सम्म सामाग्री दैनिक तयार गर्ने गरिन्छ । 

प्रतिक्रिया