सुनको मूल्य हाल सम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार पनि नयाँ कीर्तिमा कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेर अहिले सम्मकै उच्च मूल्यको कीर्तिमान बनाएको हो । आइतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया