राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शनलाई निरन्तरता दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरता दिने भएको छ । 

सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दिउँसो ३ बजे देखि ५ बजे सम्म माइतीघर मण्डलामा विरोध गर्न लागेको हो । 

सरकारको गलत कदमको विरोध स्वरुप आइतबार पनि प्रदर्शन जारी राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बताएका हुन् । सभापति लामिछाने विरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रह बाट प्रेरित रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा निष्पक्ष छानबिनको माग सहित गत शुक्रबार देखि काठमाडौँ केन्द्रित आन्दोलन थालेको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा प्रदर्शन गरेको थियो । सभापति लामिछानेलाई कास्की प्रहरीले हिरासतमा राखेर छानविन गरिरहेको छ ।

प्रतिक्रिया