इरान माथि इजरायलको आक्रमण पछि रूसको चेतावनी

एजेन्सी । इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि स्थति नियन्त्रण बाहिर जाने खतरा बढेको रुसले बताएको छ । 

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले यस क्षेत्रमा जारी विष्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताएकी छन् । रुसले इरानलाई प्रतिशोधी कदम चाल्न उक्साउने काम बन्द गर्न चेतावनी दिदै अनियन्त्रित तनावको चक्रव्यूह बाट बाहिर निस्कन आवश्यक रहेको जनााएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायलले भने जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउन तर्फ कदम अघि बढाएमा तेहरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ । अमेरिका र बेलायत दुवैले द्वन्द्वलाई थप नबढाउन माग गरेका छन् । 

युरोपेली संघ ईयूले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयमता अपनाउन आह्वान गरेको छ । यस अघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो । 

इजरायली सेनाले इरानको क्षेप्यास्त्र कारखाना र विभिन्न क्षेत्रमा रहेका सैन्य शिविरमा भएको आक्रमणमा दुई सैनिकको मृत्यु भए पछि इरानले आफ्नो प्रतिरक्षा गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया