साफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आइतबार भारत सँग प्रतिस्पर्धा गर्दैछ । खेल साढे ६ बजे शुरु हुनेछ ।
 
नेपाल समूह बी को विजेता र भारत समूह ए को उपविजेता बने पछि यी दुई टोलीको भेट अन्तिम चारमा नै भएको हो ।  अहिले सम्म भएका साफका ६ संस्करण मध्ये भारत र नेपालले समान पाँच–पाँच पटक फाइनल खेलेका छन् । 

तर, नेपाल उपाधि नजिक पुगेर रोकिँदा भारतको नाममा सर्वाधिक ५ पटक चेयामम्पियन बनेको कीर्तिमान छ ।  दुई देश बीच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छ । 

साफमै पनि चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारत सँग पराजित भएको छ ।

यसैगरी आइतबार नै पहिलो सेमिफाइनलमा गत विजेता बङ्गलादेश र भुटान बीच पनि प्रतिस्पर्धा हुने छ ।  पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटान बीच दिउँसो साढे १ बजे खेल शुरु हुनेछ ।

प्रतिक्रिया