पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, सरकारी उपहार हिनामिनाको मुद्दामा तीन वर्ष कैद सजाय

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान फेरि पक्राउ परेका छन् । सरकारी उपहार दुरुपयोग गरेको मुद्दामा अदालतले दोषी ठहर गरेपछि खानलाई लाहोरस्थित उनको निवासबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो ।

इस्लामावादको जिल्ला तथा सत्र अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । इमरानलाई पक्राउ गरेपछि उनको पार्टी तेहरिक–ए–इन्साफले अदालतको निर्णय पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने जनाएको छ ।

पाकिस्तान निर्वाचन आयोगले अदालतको फैसलासँगै खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने जनाएको छ । पाकिस्तानको तोशखानामा प्रधानमन्त्री, राष्ट्रपति वा अन्य वरिष्ठ अधिकारीहरूले भ्रमणका क्रममा प्राप्त गरेका बहुमूल्य उपहारहरू राख्ने गरिन्छ ।

खानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो ।

प्रतिक्रिया