आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकामा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि अमेरिकाविरुद्ध टी–२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । टोलीमा कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल र ललित राजवंशीलाई समावेश गरिएको छ ।

लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्ने भएको छ ।

प्रतिक्रिया