खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउछौँ : मन्त्री यादव
पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।
वीरगञ्जमा एक कार्यक्रमबीचको उद्घाटन गर्दै उनले खानेपानी समस्याको दीघकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पु¥याउने योजनामा सरकार रहेको बताए ।
मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका ओभर योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडान जस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको बताए ।
यसैगरी, उनले काठमाडौँवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा रु २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए ।
सो कार्य पूरा भएपछि काठमाडौँवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो ।
“सुन्दरीजलबाट काठमाडौँमा ल्याएको पानीमा समस्या भए खानेपानी आपूर्तीलाई सहज बनाई राख्न सिस्नेरीस्थित कुलेखानीको पानी काठमाडाँै लैजाने योजना बनाएका छौँ । त्यसका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाइसकेको छ, चाँडै परियोजनालाई मूर्त रूप दिनेगरी काम अगाडि बढाउँछौँ”, उनले भने ।
प्रतिक्रिया