भ्रष्टाचारमा प्रचण्ड देखा परेपनि समात्नुस् भन्नेले रविलाई बचाउन सभा गर्नुपर्छ?

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा नगरेको बताएका छन् । 

शनिवार काठमाडौँमा भएको खबरदारी सभालाई सम्बोधन गर्दैै प्रचण्डले रवि लामिछानेलाई बचाउन सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् ।

सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताए । 

‘त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भ्रष्टाचारको विषयमा माओवादी पर्‍यो भनेपनि समात्नुस भनेका हौँ ।’, प्रचण्डले भने, ‘भ्रष्टाचारमा अरू हैन प्रचण्ड देखा पर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले रवि लामिछाने पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ ?’

उनले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन समेत गरे ।

प्रतिक्रिया