इपीजी र नेपालको भूमिबारे सरकारले भारतसँग स्पष्ट कुरा राख्न नसकेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे सरकारले अहिलेसम्म भारत समक्ष स्पष्ट कुरा राख्न नसकेको आरोप लगाएका छन् ।
शनिबार पार्टीको परराष्ट्र मामिला विभागले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ प्रधान भएको टिप्पणी गरेका हुन् ।
उनले नेपालको आवश्यकता, हीत र न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले धेरै कमजोरीहरु देखाएको भन्दै आक्रोश समेत पोखे ।
अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने पनि बताए । उनले आफ्ना जायज मागहरु छिमेकीसँग राख्न नसक्ने भए त्यस्तो सरकार र सत्ताको कुनै अर्थ नहुने जिकिर गरे ।
अध्यक्ष ओलीले रुस–युक्रेन युद्धमा नेपालले रुस–युक्रेन युद्धमा कसैको पक्ष लिन नहुने पनि बताए । सरकारले विगतमा युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेकोमा आपत्ति पनि जनाए ।
प्रतिक्रिया